पोल्याण्डकी युवतीले एक लाख पुरुषसँग यौन सम्पर्क गरेर विश्व रेकर्ड राख्ने तयारीमा


पोल्याण्डकी एक युवतीले १ लाख पुरुषसँग यौन सम्पर्क गरेर विश्व रेकर्ड राख्ने बताएकी छन् ।

यस्तो आश्चर्य, अनौठो र अपत्यारीलो कुराको घोषणा गर्ने युवतीको उमेर बल्ल २१ वर्ष पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।



ती युवतीले यस अभियानलाई विश्व सेक्स म्याराथुन भनेर नामाकरण गरेकी छन् । मलाई सेक्स, पुरुष र प्रेम असाध्यै मन पर्छ त्यसैले म पोल्याण्ड, युरोप र विश्वका अन्य भागका पुरुषहरुसँग सुती यौन सम्पर्क गर्न चाहन्छु उनले भनेकी छन् ।

यस्तो अनौठो र आश्चर्यलाग्दो लक्ष लिएकी पोल्याण्डकी यि युवतीको नाम हो रयान्डी अनिया । सुन्दा पनि अचम्म लाग्दो प्रतिज्ञा गरेकी यि युवतीले गत महिना पोल्यान्डबाट सेक्स म्याराथुन सुरु गरेको जनाएकी छन्।

उनले प्रत्येक पुरुषसँग सेक्स गर्ने समय पनि छुट्याएकी छन् । एक पुरुषलाई बढीमा २० मिनेट मात्र समय दिन सकिने उनले बताएकी छन् ।

पोल्यान्डका प्रमुख सहरका पुरुषहरुसँग यौन सम्पर्क गरेर भ्याएपछि मात्र उनले विश्व सेक्स यात्रामा निस्कने बताएकी छन् ।

एकलाख पुरुषसँग यौन सम्पर्क नगरेसम्म उनले आफ्नो यात्रा जारी राख्ने जनाएकी छन् ।


0 comments

Write Down Your Responses