चिठ्ठा परेको थाहा पाएपछी धेरै खुसी हुँदा गुम्यो ज्यान |


१२ भदौ, काठमाडौ । आफूले भरेको चिठ्ठा परेको थाहा पाएपछी सबै मानिस खुसी हुन्छन्, या त त्यो थोरै रकम या जिन्सीको होस् या धेरै रकम या जिन्सीको ।



तर, मानिस यति धेरै पनि खुसी हुँदो रहेछ की धेरै खुसीका कारण ज्यान समेत जाने । हो यस्तै, घटना भएको छ पाकिस्तानको रावलपिण्डीमा । रावलपिण्डीमा बस्दै आएका एक ६० वर्षका जरारको चिठ्ठा परेको खबर सुनेपछी खुसी हुँदा ज्यान गुमेको छ । उसलाई करिब १२ लाखको चिठ्ठा परेको थियो । यही खबर सुनेका उनी निकै खुसी भए तर यति धेरै खुसी भएकी उनले आफ्नो ज्यान समेत गुमाए ।

ती व्यक्तिलाई चिठ्ठा घोषणा गरेको बैकले एक शाखामा बोलायो र उनलाई उनले १२ लाखको चिठ्ठा जितेको बताएको थियो । आफूलाई १२ लाखको चिठ्ठा परेको सुन्ने बित्तिकै उनलाई हृदयघात भयो, बैकका कर्मचारीले जबसम्म मेडिकल सहयोग मगाएका थिए त्यतिबेलासम्म त ती व्यक्तिले आफ्नो ज्यान गुमाइसकेका थिए । जरार निकै गरिब परिवारका थिए र उनले भरेको चिठ्ठाबाट यति ठूलो रकम जितेको थाहा पाएपछी खुसीले सम्हालिन नसक्दा हदयघात भइ उनको ज्यान गुम्यो ।

अब उनले जितेको उक्त रकम परिवारलाई दिने तयारी गरिएको छ ।


0 comments

Write Down Your Responses