नेपाल टेलिभिजनले कलाकार लुट्न नछाड्ने |
नेपाल टेलिभिजनसँगको वार्ताले खासै गतिलो मोड नलिएपछि म्यूजिक कम्पनी र कलाकार फेरि मर्कामा पर्ने भएका छन् । टेलिभिजनमा बिज्ञापन स्वरुपको महंगो रकम तिर्न बाध्य भएका कम्पनिको ढाड यो बर्ष पनि सेकिने भएको छ । झण्डै एक महिना लामो रस्साकस्सी हुँदा पनि टेलिभिजनले बिहान साढे सात बजेको समयको लागि रकम नघटाउने भएपछि म्यूजिक कम्पनी र कलाकारले आफ्नो लगानीको चिन्ता गर्न थालेका छन् ।

नेपाल टेलिभिजनले आव्हान गरेको टेण्डर बहिस्कार गरेका म्यूजिक व्यवसायी नेपाल टेलिभिजनसँग आफ्ना माग सहित वार्ताका बसेका थिए । तर, टेलिभिजनले साढे सातको बजेको समयको रकम नघटाउने भएपछि पुन टेण्डर हुने भएको छ ।
टेलिभिजन स्रोतका अनुसार रोयल्टी, प्रसारण गर्दा सिआरविटी नछोप्नेसम्म टेलिभिजन सकारात्मक छ तर रकम घटाउने पक्षमा छैन् । वार्ता टोलीका सदस्य सुवास रेग्मी भन्छन्, 'टेलिभिजनले रेट नघटाउने संकेत गरेको छ ।' टेलिभिजनले रेट नघटाउने बरु, २५ मिनेटको समयलाई २८ सम्म दिने बताएको छ । बितग एक दशकदेखि व्यवसायीले यो समयमा आफ्ना उत्पादनहरू विज्ञापन स्वरूप देखाउदै आएका छन् ।
क्यासेट, सिडी र भिसिडीको बजार सेलाएको छ । त्यसैले म्यूजिक व्यवसायी र कलाकार बाँच्ने बाटो भनेको सिआरविटी र पिआरविटी हो । त्यसैको व्यापारको लागि कम्पनिले चर्को शुल्क तिरेर विज्ञापन गर्दै आएका छन् । नेपाल संगीत उद्योग संघका अनुसार बर्षमा पुरै व्यवसाय ४ करोड मात्र हुन्छ तर टेलिभिजनलाई बिज्ञापन खर्च ६ करोड छ । यसले पनि प्रष्ट हुन्छ गीत संगीत को व्यवसाय घाटामा छ भन्ने । सुवास रेग्मी थप्छन् अरु कुरामा सहमति भएपनि रेटमा कुरा मिलेन, सायद टेलिभिजनले फेरि बोलपत्र आव्हान गर्छ होला ।nepaliheadlines
0 comments
Write Down Your Responses