नांगै पौडिएपछि खुस्कियो ८ प्रहरीको जागिर


पर्यटकको घुइँचो हुने ठाउँमा निर्वस्त्र पौडि खेलेको आरोपमा ८ जना प्रहरीको जागिर खुस्किएको छ । तीप्रहरीहरु नांगै पौडि खेलिरहेका तस्वीरहरु इन्टरनेटमा फैलिएपछि सरकारले यस्तो कदम चालेको हो ।
यद्यपि यो घटना नेपालको भने होइन, चीनको हो । समाचार अनुसार हेनान प्रान्तको लुशान सहरस्थित एक पर्यटकीय क्षेत्रमा नांगै पौडि खेलेर प्रहरीको छविमा नकारात्मक असर पूराएको आरोपमा ८ जना पुरुष प्रहरी कर्मचारीहरु बर्खास्तगीमा परे । जन सुरक्षा व्युरोका अनुसार यसरी कारवाहीमा पर्नेमा ३ जना उच्च तहका प्रहरी अधिकारी समेत छन् ।ccc
८ जना निर्वस्त्र पुरुषहरु आफ्ना प्रहरीको युनिर्फभ नदी किनारामा फुकालेर नदीमा पौडि रहेको तस्वीर अनलाइनमा सर्वत्र फैलिएपछि यो घटनामा प्रहरी प्रशासनले कडा कदम चाल्न बाध्य भएको हो । तस्वीरमा दुईवटा प्रहरीका गाडि नजिकै पार्क गरिएको पनि देखिन्छ । तस्वीर अपलोड गर्ने बेनामी मान्छेले ती पुलिसहरु लुशान सहरको मुख्य पर्यटकीय क्षेत्रमा त्यसरी नांगै पौडी खेलेको बताएको छ । लुशानकाप्रहरी अधिकारीले ती ८ जना प्रहरीहरु गाडि लिएर गस्तीकालागित्यहाँगएको र त्यस्तो हर्कत गरेको पुष्टि गरेको छ ।


0 comments

Write Down Your Responses